‘ओलीलाई बा भनेर पुकार्न सकिन, त्यसपछि…’ (भिडियोसहित)

लोकपथ
195
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले नेकपा एमाले पार्टी भन्दा पनि कम्पनी जस्तो भएको आरोप लगाएका छन् ।

पार्टीमा भ्रष्ट नेताहरुको हालिमुहाली भएको कारण आफू जस्ता इमान्दार कार्यकर्तालाई समेट्न नसकेको आरोप लगाए ।

लोकपथसँगको कुराकानीमा नेता मानन्धरले पार्टीभित्र एक किसिमको तानाशाही प्रवृति हाबी भएको र आफूले गरेको लामो संघर्षलाई बुझ्न नसकेको बताए ।
साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै अरु नेताहरुले जसरी आफूले ‘बा’ भनेर सम्बोधन गर्न नसकेपछि आफूलाई पार्टीले बाइपास गरेको बताए ।

यसअघि दुई पटक काठमाडौं–७ मा एमालेबाट सांसद बनेका मानन्धर आगामी निर्वाचनमा स्वतन्त्रबाट प्रतिष्पर्धामा रहेका छन् ।

भिडियो हेर्नुहोस् 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?