डीएभी कलेजमा दीक्षान्त समारोह सम्पन्न

लोकपथ
52
Shares

काठमाडौं । डीएभी कलेज अफ म्यानेजमेन्ट भनिमण्डल ललितपुरले बीबीए र बीबीएस विद्यार्थीहरु लक्षित दीक्षान्त समारोह भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम दी शोल्टी होटल काठमाण्डौंमा कार्तिक २६ गते सम्पन्न भएको हो । कलेजद्वारा सम्प्रेसित विज्ञप्ति अनुसार बीबीएका चौधौँ ब्याच र बीबीएसका पन्ध्रौँ व्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

दीक्षान्त समारोहमा शिक्षा क्षेत्र र कर्पोरेट क्षेत्रका लब्ध—प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थितिमा आयोजना गरिएको थियो । समारोहमा उपस्थित विद्यार्थीहरुलाई डीएभी कलेजका अध्यक्ष अनिल केडिया, प्राध्यापक डाक्टर डिल्ली राज शर्मा, डीन व्यवस्थापन शंकाय त्रिवि कीर्तिपुरका बोधि राज शर्मा, सीइ ओ. महालक्ष्मि विकास बैंक, एसोसियट प्राध्यापक डाक्टर मनोज कुमार चौधरी, भुवन राज जोशी मानव संशोधन यति वल्र्ड एवम् प्रेसिडेन्ट एचआर सोसाइटी नेपाल, शिलु अर्याल हेड अफ एचआर सीभील बैंकले दीक्षित गर्दै उच्च सफलताको शुभकामना दिए । उक्त दीक्षान्त समारोहमा अधिकांश सहभागिहरुले अध्ययनको दौरानमा आर्जन गरेको स्प्रिटलाई कार्यक्षेत्रमा अवलम्बन गर्न प्रेरित समेत गरेका छन् ।

सहभागिहरुले डीएभी कलेज ज्ञान र संस्कारको संयोजनको आधारमा स्थापित रहेको र नविनतम प्रविधिलाई समेत उत्कृष्ट ढङ्गबाट प्रयोग हुने गरेको बताए । सोही अवसरमा डीएभी कलेजका अध्यक्ष अनिल केडियाले दीक्षीत विद्यार्थी एवम् अभिभावकहरुलाई बधाई एवम् शुभकामना दिदैँ कलेज परिवार विद्यार्थीहरुको करियरलगायत अन्य प्राज्ञिक सहयोग गर्न प्रतिबद्धसमेत रहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?