काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले २०७० सालको संविधानसभा निर्वाचन देखि नै निरन्तर रूपमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको छ ।
सोही अनुसार संस्थाले निर्वाचन आयोगबाट आउँदो मङ्सिर ४ गतेको निर्वाचनका लागि पनि निजी क्षेत्रको तर्फबाट पर्यवेक्षण गर्ने अनुमति पाएको छ । यस पटक पहलले देशका छ वटा प्रदेशका २५ जिल्लामा एक सय २० जना पर्यवेक्षक परिचालनगरी निर्वाचन पर्यवेक्षण गर्न लागिरहेको एनबिआइले जानकारी दिएको छ ।
एनबिआइले खटाएका पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम कार्तिक ३० गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।
साथै, पर्यवेक्षणका क्रममा आवागमन सहज पार्न खटाइएका पर्यवेक्षकहरूलाई संस्थाको परिचय खुल्ने खालको ज्याकेट तथा सवारी साधनका लागि ब्यानरसमेत उपलब्ध गराएको एनबिआइले जनााएको छ । साथै निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा एनबिआईले पूर्ण विश्वस्त रहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया