बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताएका छन् । बिहीवार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको उनले बताए ।
उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धीको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा हुनुपरेको उल्लेख गरे । विपक्षीले अर्गानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गरेका छन् ।
“विपक्षीले केही नपाएर अर्गानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,” उनले भने, “विपक्षीलाई ठाडो चुनौति दिन चाहान्छु जिल्लाको विकाशका लागि मेरोे जति भूमिका विपक्षीको छैन ।”
उनले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्यधिक मतले जित्ने दाबी गरेका छन् । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली देशको नेतृत्व गर्न असफल भएको आरोप लगाए ।
चुनावका लागि मात्र गठबन्धन नभएको बताउँदै जनताका आधाभूत रुपमा उठाइएको साझा मुद्धाको रक्षाका लागि भएको बताए । संविधान सभा सदस्य नरबहादुर पुनले अहिलेको निर्वाचन संविधान जोगाउने र सक्काउनेबीच भएको बताए । देशमा राजावादी र लोकतन्त्रबादीबीच चुनावी प्रतिस्पर्धा भएको बताउँदै गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित भएको उनले बताएका हुन् ।
गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन् । जनताको सेवाका लागि राजनीतिमा आएको बताउँदै अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताएका हुन् ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेललाई डाँडापारी भन्नेहरुका विरुद्ध आक्रोश व्यक्त गरेका छन् । “५ वर्ष अघि देवेन्द्र पौडेललाई भोट हाल्ने एमालेका साथीहरुले अहिले डाँडापारी भनेर प्रचार गरिरहेका छन,” उनले प्रश्न गर्दै भने, “त्यसो भए डाँडावारीकै नरबहादुर पुनलाई अघिल्लो निर्वाचनमा किन भोट नहालेको ?”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया