एनआईसी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकको केवाईसी अद्यावधिक गर्न सकिने

लोकपथ
39
Shares

काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकका महानुभावहरूको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ ।

घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहक महानुभावहरूले बैंकको वेबसाइट एनआईसी एशिया बैंक डटकममा रहेको अनलाइन एप्लिकेशन ट्याब गरी ई–केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी पठाउनुपर्ने बैंले जनाएको छ ।

त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सकिने वा बैंकिङ्ग समयमा भिडियो कल गरि समय लिएर सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिनेछ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकहरूले भी–केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनु पर्छ । यसरी भी–केवाईसीमार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहक महानुभावहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।

स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहक महानुभावहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?