जसले चुनावका बेला देश छोडे (भिडियोसहित)

लोकपथ
175
Shares

काठमाडौं । देश चुनावी माहोलमा होमिएको छ ।

मंसिर ४ को निर्वाचनले देशभर चुनावको राप र ताप रहे पनि वैदेशिक रोजगारीमा जानेहरुको लर्को छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने विदेश जानेहरुको लर्को देखिन्छ ।

राजनीतिक दल र उम्मेदवारले स्वदेशमै रोजगारी दिने बाचा घोषणापत्रमा गरे पनि यसअघिका बाचा पूरा नभएका कारण दिनानुदिन वैदेशिक रोजागरीमा जानेको संख्या वृद्धि भइरहेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?