१७ मङ्सिर २०७९, शनिवार

खोटाङ : पुग्यो मतदान स्थलमा निर्वाचन सामग्री

२०७९,मङ्सिर,१,बिहीवार १६:११

54
Shares

खोटाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्या निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् ।

सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । निर्वाचनका लागि आवश्यक सामग्री सहित एक हजार ५५८ जना कर्मचारी परिचालन भएका छन् ।

मतदानस्थलको सुरक्षाका लागि करिब एक हजार आठ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सामग्रीसहितका कर्मचारीको टोलीले बिहिबार आठ वटा बस रिजर्भ गरेकाछन् । बुधबार दुईवटा र मंगलबार पाँचवटा बस रिजर्भ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि ३८ वटा जीप रिजर्भ भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मतपेटिका पठाइएको छ । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार-प्रसार र शान्ति भंग गर्न निषेधसम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताए ।

यस्तै, शुक्रबारबाट मत गणनास्थल तयारीको काम सुरु गरिने छ । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१,बिहीवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा

बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना शुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

ताजा समाचार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने
 २०७९,मङ्सिर,१७,शनिवार ११:५२
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५