दोहोरो अंकले बढ्यो सेयर बजार परिसूचक

लोकपथ
26
Shares

काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहिवार नेप्से परिसूचकमा १ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।

सेयर बजारमा हरियाली छाएसँगै २५ दशमलव ५७ अंकले वृद्धि हुँदै १९३६ दशमलव ८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । बुधवार पनि सेयरबजारमा दोहोरो (१३ दशमलव ४०) अंकले वृद्धि भएको थियो ।

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको कारोबार हुँदा १ सय ७२ कम्पनीमा वृद्धि भएको छ भने १३ कम्पनीमा ओरालो  लाग्दा २ कम्पनी स्थिर रहेका छन् ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९ सय ७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २ सय ८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९ दशमलव ९९ प्रतिशत र बोटलर्स नेपालको ७ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।

सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३ दशमलव १४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?