प्रतिनिधि सभाको निर्वाचन सहजै जित्छु : मन्त्री भुसाल

लोकपथ
26
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी छिन् । गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी हुन् ।

बिहीवार ललितपुर क्षेत्र नम्बर ३ अन्तर्गत हरिसिद्धीमा घरदैलोपछि कुराकानी गर्दै उनले विगतमा आफूले सुरु गरेका काम पूरा गर्ने र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताएकी हुन् । उनले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताइन् । उनले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्ने विश्वास पनि व्यक्त गरेकी छिन् । मन्त्री भुसालले ललितपुर क्षेत्र नम्बर ३ लाई नमूना क्षेत्रको रुपमा अगाडि बढाउने जानकारी दिइन् ।

उनले ललितपुर क्षेत्र नम्बर ३ बाट आफूले जित्ने माहोल बनेको बताएकी छिन् । आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उनको भनाइ छ । मतदाताहरु पनि आफूप्रति सकारात्मक भएको उनले बताइन् । मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडि रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?