अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का

लोकपथ
65
Shares

काठमाडौं । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताएका छन्।

मङ्गलबार बर्खास्तीमा पर्नुभएका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उनले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए ।

टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उनले आफूले अखण्ड नेपाल पार्टीलाई काग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गरे ।

बर्खास्तीबारे मुख्यमन्त्रीसँग जवाफ खोज्ने बताउँदै उनले यो बर्खास्ती विन्दुकुमार थापा र मुख्यमन्त्रीसँग पछिल्लो समयमा चिसिएको सम्बन्ध कारण हुनसक्ने संकेत गरे ।

आफूले उम्मेदवार विन्दुकुमार थापालाई असहयोग नगरेको तर थापाले आफूलाई निराधार आरोप लगाएको खड्काले बताए ।

आफू मन्त्री पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले यस अवधिमा यातायात क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?