राष्ट्र बैंकले दियो प्राइम बैंक र ओम बैंकलाई गाभिने सैद्धान्तिक स्वीकृति

एजेन्सी । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकलार्इ प्राप्ति ‘एक्वायर’ गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । 

पर्यटकिय सहर पोखरालाई आधार बनाएर कारोबार गरिरहेको ओम डेभलपमेन्ट बैंक र प्राइम कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृती दिएको हो । ओम डेभलपमेन्ट बैंकलार्इ गाभेपछि प्राइम कमर्सियल बैंकको पूँजी १० अर्ब रुपैयाँ नाघ्ने छ। 

गत भदौ ३ गते यी दुई संस्थाबीच प्राप्तिका लागि सहमति भएको थियो। हाल ओभ डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का छ। दुबै संस्थाबीच शेयर आदन प्रदान अनुपात मिलाउन सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन ‘डिडिए’ शुरु भइसकेको छ । 

दुवै बैंक बराबरी हैसियतमा गाभिए जगेडा कोष ४ अर्ब १० करोड पुग्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?