१७ मङ्सिर २०७९, शनिवार

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने

२०७९,मङ्सिर,१,बिहीवार ११:५४

36
Shares

काठमाडौं । बागमती प्रदेशको काठमाडौं उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।

तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ । काठमाडौं उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१,बिहीवार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखर रुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन

दोलखा । दोलखामा स्थगित मतपणाना अहिले पुन: शुरु भएको छ । करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि

ताजा समाचार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने
 २०७९,मङ्सिर,१७,शनिवार ११:५२
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५