१२ माघ २०७९, बिहीवार

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

२०७९,मङ्सिर,१,बिहीवार ०९:४१

720
Shares

काठमाडौं । कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औँ मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए । जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो ।

खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको हो । विश्वकपको समूह ‘इ’ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूहमा कोस्टा रिका, स्पेन समेत छन् ।

राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा पोल्यान्डले चिलीलाई १–० अन्तरले, क्रोयसियाले साउदी अरेबियालाई १–० र स्विडेनले मेक्सिकोलाई २–१ अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१,बिहीवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन

काठमाडौं । सातौं वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६