माओवादी केन्द्र चितवनलाई आयोगले सोध्यो स्पष्टीकरण

लोकपथ
39
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) चितवनसँग स्पष्टीकरण सोधेको छ । कार्तिक २९ मा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणितप्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो ।

माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा पोष्ट गरी २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?