निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौं : अध्यक्ष लामिछाने

लोकपथ
65
Shares

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावी सभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।

‘एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ’, लामिछानेले भने, ‘अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?