१२ मङ्सिर २०७९, सोमवार

शेरबहादुरले दिए चुनावमा चासो

२०७४,कार्तिक,२,बिहीवार १२:१०

0
Shares

काठमाडौँ, कातिक २ —प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरू तथा आयोगका सचिवले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।भेटका अवसरमा प्रधानमन्त्रीबाट आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्नका लागि आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गरेका थिए ।उनले तोकिएको मितिमा निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग नेपाल सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै निर्धक्कसँग निर्वाचनसम्बन्धी काममा खटिन आयोग पदाधिकारीलाई आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपाल सरकारले तोकेको मितिमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा सम्पन्न गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाई सोहीअनुसार काम गरिरहेको जानकारी दिए ।उनले निर्वाचन कार्यक्रम अनुसार गत असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस भएको अवगत पनि गराए ।  

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार १२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा

दोलखा । आगामी मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको निर्देशन

चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं

दाङ । लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३

ताजा समाचार

गढ मानिने चितवन–३ मा कांग्रेस पाँचौँ
 २०७९,मङ्सिर,१२,सोमवार ११:०५
आज लगनगाँठो कस्दै अभिनेता सलोन
 २०७९,मङ्सिर,१२,सोमवार ०८:१६
स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९