राजनीतिक स्थिरताका लागि गठबन्धन : अध्यक्ष दाहाल

लोकपथ
39
Shares

भोजपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् । गठबन्धनले जिल्लाको पूर्वी तिवारी भञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन गर्न भोजपुर पुगेका दाहालले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताए ।

दाहालले भने, ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ ।’ अध्यक्ष दाहालले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती विजयी बने उनलाई मन्त्री बनाउनेसमेत बताए ।

विगतलाई सम्झँदै अध्यक्ष दाहालले भने, ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरू सुदनलाई जिताएर पठाउनुस् ।’ किराँती २०६४ र २०७४ सालको निर्वाचनबाट दुईपटक सांसद भई सकेका छन् । संघीय सांसदका लागि किराँती र एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राई बीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?