आइडिया स्टुडियो सिजन ७ सुरु

लोकपथ
39
Shares

काठमाडौं । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको हो । आइडिया स्टुडियो सिजन ७ को पत्रकार सम्मेलनमा १ सय १५ को उपस्थिति रहेको थियो ।

आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४ हजार ५ सय भन्दाबढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३ सय ५० भन्दाबढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरु मध्ये ६५ भन्दाबढी व्यवसायहरु सफलतापूर्वक सञ्चालनमा रहेका छन् ।

आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पु¥याउने, प्रविधि सम्बद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिँदै सोहि विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह, व्यवसायीक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरशिप, रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पु¥याउँदै आएको छ । हालसम्म आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।

उक्त आइडिया स्टुडियो सिजन ७ को पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वल्र्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि डाक्टर घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डाक्टर छिरिङ लामा, शिलापत्रका सहसंस्थापक अध्यक्ष डाक्टर सुरेश सिम्खडा, स्पेस ४ केका एमडी प्रभात चलौने, नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली का सिइओ सन्जिब सुब्बा , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाडौं मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुबेदीले आफ्ना मन्तब्य राख्नु भएको थियो ।

कलेज आईडिया हन्ट २०२२ मा प्राप्त भएको विचारहरु मध्ये २० विचारहरुलाई १५ दिनको इन्क्युबेसन साथै मेन्टरशिप प्रधान गरिएको थियो । छनौट भएका उक्त २० विचारलाई इन्क्युबेसन र मेन्टरशिप प्रकृया पछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट विचारलाई अन्तिम प्रकृयाको लागि छनौट गरिएको थियो । सोहि दिन कलेज आईडिया हन्ट २०२२ मा प्राप्त उत्कृष्ट १० आइडियाहरु मध्ये उत्कृष्ट ४ विजेता छनोेट गरिएका थिए ती हुनः बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस, मेहेनती डट कमले कलेज आईडिया हन्टका सबै बिजेताहरुलाई १ लाख नगद पुरस्कार प्रधान गरिएको थियो । कलेज आईडिया हन्ट २०२२ का सबै विजेताहरु आइडिया स्टुडियो सिजन ७ मा स्वतह प्रस्थान गराइने छन् ।

आइडिया स्टुडियो सिजन७ मा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले २०७९ पुष १७ गते सम्ममा आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदकहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि https://ideastudio.org.np/ मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?