१५ मङ्सिर २०७९, बिहीवार

नेप्से दोहोरो अंकले बढ्यो, ८५ करोड बढीको कारोबार

२०७९,कार्तिक,३०,बुधबार १६:०५

63
Shares

काठमाडौं । सेयर बजार आज उकालो लागेको छ । मंलबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।

१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो ।

यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँ र हिमालयन डिस्ट्रिलीको चार करोड १ लाख ९० हजार ७१६ रुपैयाँको कारोबार भएको छ । सिक्लेस हाइड्रो पावरमा १० प्रतिशत, गणपती लघुवित्त वित्तीय संस्था ७.७१ प्रतिशत र नारायणी विकास बैंक ५.५३ प्रतिशतले वृद्धि भएको छ ।

आज म्युचुअल फण्ड शून्य दशमलव ८५ प्रतिशत र ट्रेडिङ इन्डेक्स १.२० प्रतिशतले ओरालो लागेको छ भने अन्य उपसूचक कम्पनीहरू वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक १.२७, हाइड्रोपावर १.१३ प्रतिशत, इन्भेष्टमेन्ट शून्य दशमलव ८७, फाइनान्स १.०१ र म्यानुफेक्चरिङ एण्ड प्रोसेसिङ शून्य दशमलव ८८ वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,३०,बुधबार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०