गणपति मार्इक्रोफार्इनान्सले ३ लाख कित्ता अार्इपीअो ल्याउँदै

काठमाडौं : तनहुँको दुलेगाैंडामा केन्द्रीय कार्यालय रहेको गणपति मार्इक्रोफार्इनान्सले ३ लाख कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्ने भएको छ । 

अार्इपीअो निष्काशनको प्रस्तावसहित कात्तिक ३० गते यो लघुवित्तको बार्षिक साधारणसभा बस्दैछ । केन्द्रीय कार्यालय दुलेगाैंडामा बिहान १० बजेबाट साधारणसभा शुरू हुने संस्थाले जानकारी दिएको छ । 

साधारणसभापछि यो मार्इक्रोफार्इनान्सले प्रतिकित्ता १ सय रूपैयाँ दरको ३ लाख कित्ता अार्इपीअो निष्काशनको प्रकृया शुरू गर्नेछ । साथै जारी तथा चुक्ता पुँजी वृद्धि गर्न विशेष प्रस्ताव पेश गर्ने र उपयुक्त संस्था भेटेमा मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउने निर्णय समेत साधारणसभाले गर्नेछ ।

मर्ज तथा एक्विजिसनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोही आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा समेत साधारण सभाबाट अनुमति लिने यो लघुवित्तले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?