बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग

लोकपथ
26
Shares

काठमाडौं । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गरेका छन् । बेल्जियमबाट नेपाल घुम्न आएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

इलाम नगपालिका–९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उनको भनाइ छ । साथै क्विन इलाम पर्यटन प्रर्वधन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराएका छन् ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आएका उनको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताए ।

पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुमेका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गरेका थिए ।

इलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गरेका उनले सो क्षेत्रको प्रचारसमेत गर्ने बताएका छन् । उनले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?