२० मङ्सिर २०८०, बुधबार

कांग्रेससँग चुनावी तालमेल हुन्छ : महन्थ ठाकुर

२०७४,कार्तिक,२,बिहीवार १२:०६

0
Shares

काठमाडौं, २ कार्तिक —राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाएका छन् ।उनले भने,‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु।’राधानीमा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् ।उनले भने,‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब–करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं।’ यद्धपी उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको समेत सुनाएँ । मिल्नको लागि नै आफूहरुको कांग्रेस नेताहरुसँग भेटवार्ता भैरहेको उनले जानकारी दिए ।नेता ठाकुरले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ वामपन्थी गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने,‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होईन, उनीहरुवीच तालमेल पनि सायद हुँदैनहोला, म फेरि दोहोर्याएर भन्छु वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् नि।’ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको समेत सुनाए । उनले भने,‘यो आवश्यकत्ता पनि हो, पद आवधिक हुन्छ, नेतृत्वलाई आmप्नो चयन गर्न अधिकार हुन्छ । त्यो अहिले भैरहेको छ ।’स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेकोले चुनावप्रति सम्पूर्ण जनताको चासो बढेको उनको भनाई थियो । उनले भने,‘अहिले त हाम्रा पहाडका साथीहरु टिकट लिएर गैसक्नुभयो, वार्ता चलिरहेको छ ।’त्यस्तै उनले पहाड होस् वा मधेश सबै ठाँउका नेपालीहरु मिलेर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक धुव्रीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई अघि बढाउने हो भने राम्रो हुन्छ।’  

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार १२:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार