अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

लोकपथ
0
Shares
df]/ª, @( sflQs . df]/ª If]q g++ ^ af6 u7aGwg bnaf6 k|ltlglw;efdf pDd]bjf/ /xg’ ePsf g]kfnL sf+u|];sf s]Gb|Lo ;b:o 8f z]v/ sf]O/fnfn] lj/f6gu/–$ df dªunaf/ ckfËsf] ;xeflutfdf ePsf] r’gfjL ;efdf ckfËsf] ;d:ofsf] ;Daf]wg ug]{ cfZjf;g lbFb} . tl:a/ M dgf]h bfxfn, /f;;

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन् । मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका नेता कोइरालाले विराटनगर–४ मा आज आयोजित चुनावीसभामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे ।

उनले निर्वाचनमा विजयीपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । प्रभावशाली नेता डा.कोइरालाले अपाङ्गता भएका शिक्षित बेरोजगारलाई रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागि पर्ने उनले बताए । मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (२) का उम्मेदवार एवं प्रदेश नं १ आन्तरिक मामिला कानुनमन्त्री केदार कार्कीले आपाङ्गमैत्री कानुन बनाएर हक अधिकार एवं रोजगारीका लागि कार्यान्वयन गर्न बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?