विकासको अभियान बढाउन एमाले चाहिन्छ : अध्यक्ष ओली

लोकपथ
0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताएका छन् । आज गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ ।

विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।’ उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उनले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताए ।

देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहेका ओली आज ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?