२० माघ २०७९, शुक्रवार

छाब्दीलाई नमूना पर्यटकीय क्षेत्र बनाइन्छ : वरिष्ठ नेता पौडेल

२०७९,कार्तिक,२९,मंगलवार १९:२१

45
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमूना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताएका छन् । व्यास नगरपालिका–१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भने, ‘निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्’, उनले भने ।

शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो । पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।

कहीँकतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उनले बताए । उनले भने, ‘अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु ।’ सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको बताए ।

विकास गरी नमुना जिल्लाको रुपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताए ।

प्रकाशित मिति: २०७९,कार्तिक,२९,मंगलवार १९:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२