प्रधानमन्त्री देउवा धनगढीमा

लोकपथ
78
Shares

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ धनगढी पुगेका छन् । गृह जिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रधानमन्त्री देउवा धनगढीस्थित निजी निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले आज देशका विभिन्न ठाउँका चुनावीसभालाई सम्बोधन गरेका थिए । उनले बुधबार डडेल्धुरा र बैतडी, बिहीबार अछाम र कञ्चनपुर जिल्लामा हुने चुनावीसभामा सहभागी हुने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री यही कात्तिक १७ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका लोकतान्त्रिक–वाम गठबन्धनका चुनावी सभामा सहभागी भई कात्तिक २४ मा काठमाडौं फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?