लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा : प्रधानमन्त्री देउवा

लोकपथ
65
Shares
k|wfgdGqL b]pjf 88]Nw’/f, !( sflQs . k|wfgdGqL z]/axfb’/ b]pjf zlgaf/ 88]Nw’/fsf] efu]Zj/ ufpFkflnsfdf cfof]lht r’gfjL ;efdf ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

कर्णाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।

दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे ।

देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उनले भने, ‘सदन भङ्ग गरेर संविधान सिध्याउने विरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।’ संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जापछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र रक्षाका लागि निर्माण लोकतान्त्रिक–वाम गठबन्धन संविधानमाथि हमला हुञ्जेलसम्म कायम रहिरहने बताए । उनले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाए ।

‘यो चुनाव विगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्ने बीचको हो’, अध्यक्ष दाहालले भने, ‘कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।’ शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरिको स्थितिलाई हेर्दा जित सुनिश्चित रहेको उनले दाबी गरे ।

पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक–वाम गठबन्धनको विजय आवश्यक रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?