प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट सम्झौता भएको छ । मंगलवार (आज) दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउट सोर्सिङ गरेको टेष्ट ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ । सम्झौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ । काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?