गण्डकी प्रदेशका मन्त्री खड्का बर्खास्त

लोकपथ
91
Shares

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् ।

खड्कामाथि पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । उनी उम्मेदवार बन्न नपाएपछि पछिल्लो समय निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?