राष्ट्र बैंकले बैकिङ प्रणालीमा ४० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा ४० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ मंसिर आठ गतेदेखि २०८० मंसिर नौ गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि ३२ करोड, विकास बैंकहरुको लागि छ करोड र फाईनान्स कम्पनीहरुको लागि दुर्ई करोड रुपैयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर एक गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दाबढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?