२० मङ्सिर २०८०, बुधबार

मेलम्चीको प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द

२०७४,कार्तिक,२,बिहीवार ०८:१९

0
Shares

 काठमाडौँ, २ कात्तिक ।मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ ।सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए । धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरे ।एक हप्तासम्म सुन्दरीजल क्षेत्रकै धारामा पानी नआएपछि बुधबार स्थानीयवासीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रका प्रमुखलाई भेटी नियमित पानी वितरणको व्यवस्था मिलाउन माग गरे ।लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराई वाग्मतीको पानी लगेर मेलम्चीको प्रशोधन केन्द्र र पाइपमा परीक्षण गर्दा पानी आपूर्तिमा अवरोध नहुने गरी गर्ने सम्झौता भएको बताउछन । सुन्दरीजल जलविद्युत् केन्द्रमा मर्मत भइरहेकाले पनि पानी कम वितरण भएको हुनसक्ने उनको भनाइ छ ।मेलम्ची खानेपानी आयोजनाले भने पानी परीक्षण गरेर पुरानै सञ्जालमा फर्काइने व्यवस्था मिलाइएकाले धारामा पानी बन्द हुनुपर्ने कारण नरहेको जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पानी परीक्षणले नभई अन्य कारणले नै अवरुद्ध भएको हुन सक्ने बताए ।“प्रशोधन केन्द्रका छ वटा कक्षमा पानी परीक्षण भइसकेकाले अब चार दिनमा बाँकी दुई कक्ष पनि परीक्षण गरी सकिने छ, प्रशोधन केन्द्र परीक्षण सकेपछि पाइपको परीक्षण लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले गर्नेछ”, उनले भने ।पानी अवरुद्ध भएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धर पुरानो सञ्जालको पानी नयाँ प्रशोधन केन्द्रमार्फत नयाँ सञ्जालबाटै परीक्षण गर्दा पुरानो सञ्जालमा पानी नआएको हुनसक्ने बताउछन ।पानीको स्रोत भएकै स्थानमा पानी नदिई अन्यत्र वितरण नगर्न लिमिटेडलाई पटक–पटक अनुरोध गरिए पनि नमान्दा स्थानीयवासीले पानी नपाएको उनले सुनाए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार ०८:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार