सेयर बजार ६ दशमलव ५९ अंकले घट्यो

लोकपथ
13
Shares

काठमाडौं । सेयर बजार मंगलवार ६ दशमलव ५९ अंकले घटेको छ । सोमवार १ दशमलव १६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ० दशमलव ३५ प्रतिशतले ओरालो लागेको हो । नेपाल स्कट एक्सचेन्जका अनुसार ६ दशमलव ५९ अंकले घटेर १ हजार ८ सय ९७ दशमलव ८६ विन्दुमा रोकिएको छ ।

१ सय ८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १ सय ३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजारबढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रुपैयाँको कारोबार भएको हो ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजारबढी र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९७ हजार बढीको कारोवार भएको  छ ।

सिटिजन म्युचुअल फण्ड ४ दशमलव ५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।  उपसुचक कम्पनीहरू बैंकिङ ० दशमलव ०८ प्रतिशत, निर्जीवन बिमा ० दशमलव ०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ० दशमलव ३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?