गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : देउवा

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् ।

मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन आग्रह गरेका हुन् ।

ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम रहनुपर्ने उनको भनाइ थियो ।

\ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ । यतिमात्र होइन माननीयहरूलाई संसद्को आलोचना गर्न दिन्छौँ । आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।’ देउवाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?