जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री

लोकपथ
35
Shares
k|wfgdGqL b]pjf 88]Nw’/f, !( sflQs . k|wfgdGqL z]/axfb’/ b]pjf zlgaf/ 88]Nw’/fsf] efu]Zj/ ufpFkflnsfdf cfof]lht r’gfjL ;efdf ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

 नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे ।

पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए ।

पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहेका छन् । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?