राष्ट्र बचाउने, मुलुक बनाउने नेता महेश बस्नेत हुन् : अध्यक्ष ओली

लोकपथ
52
Shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथा पोलिटब्यूरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने, मुलुक बनाउने नेता भएको बताएका छन् ।

नेकपा एमाले भक्तपुर क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज बालकोटमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा नेता तथा पूर्वमन्त्री बस्नेत मुलुकमा संकट परेको समयमा जस्तोसुकै असहज परिस्थितीलाई समेत सहज रुपमा समाधान गर्न सक्ने एक डायनामिक लिडर भएको बताए । भक्तपुरको लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकले खोजेको भक्तपुर क्षेत्र नम्बर २ का जनताले रोजेको नेता महेश बस्नेत भएको बताए ।

भक्तपुर क्षेत्र नम्बर २ मा ७५ देखी ८० प्रतिशत जनताले महेश बस्नेतको लागि सूर्य चिन्हमा मतदान गर्नेमा विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा गरेको विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्सित भएको दाबी गरे । महेश बस्नेतको विरुद्धमा उम्मेदवारी दिने गठबन्धनका नेताहरु बाध्यताले मौदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले महेशसँग किन लड्ने भन्ने अवस्थामा पुगेको दाबी गरे ।

महेशसँग हार्ने निश्चित भएपनि पार्टीको कारणले चुनावी मैदान छाड्न नमिलेको उल्लेख गर्दै उनले मंसिर ४ गते हुने निर्वाचनमा महेश बस्नेतको छेउमा गठबन्धन फिक्का हुने बताए । आगामी निर्वाचन देशले जित्ने कि हार्ने भन्ने भएको उल्लेख गर्दै उनले लोभी, पापी, देशको पक्षमा उभिन नसक्नेहरु स्वार्थीहरुको मिलिजुली खाउँ, लुटपाट गरी खाउँ भन्नेहरुको गठजोडबाट देशलाई झमेलाको थलो बनाउनेहरुलाई विदाई गर्ने निर्वाचन भएको बताए ।

जनताले देशलाई स्थायीत्व दिन एमालेको पक्षमा मतदान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले देशको अस्थिरता अन्त्य गर्ने एमालेको काँधमा जिम्मेवारी रहेको बताए । गठबन्धन सरकारले देशलाई कंगाल बनाउने बाटोमा गलेको आरोप लगाउँदै उनले सरकारले विकासमा होलिडे बनाइरहेको भन्दै आक्रोस जनाएका छन् ।

देशको अर्थतन्त्र ध्वस्त हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनले गठबन्धनको सरकार बनेसँगै देशमा महंगीले जनतालाई ढाड सेकेको बताए । स्वार्थको बाँसुरी बजाएर गठबन्धन सरकार बसिरहेको उल्लेख गर्दै उनले जालझेलको राजनीतिलाई आगामी निर्वाचनबाट जाली फटाहालाई जनताले निर्वाचनबाट भोटमा लोप्पा खुवाई दिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?