चुनावी प्रचारप्रसारलाई निरन्तरता दिन ओलीले कोटेश्वर क्षेत्रमा गरे पैदल यात्रा

लोकपथ
28
Shares

काठमाडौं । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम सम्पन्न गरेका छन् । मंगलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

चुनावी प्रचारप्रसारलाई निरन्तरता दिन ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन्। उनीहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका थिए। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता रहेकाे थियाे । पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गरेका छन् ।

पैदल यात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए। निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?