इभि नेपाल एक्स्पो हुँदै

लोकपथ
21
Shares

काठमाडौं । मंसिर १६ , १७ र १८ एस. डी एक्स्पो मिडियाको आयोजनामा इभि नेपाल एक्स्पो भृकुटिमण्डपमा हुने भएको छ । यो विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको सबैभन्दा ठुलो प्रदर्शनी हो । एस. डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको यो एस्पोको सह–आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क , कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

विगत दुई वर्षदेखि कोभिड–१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको हो । २०२० मा हुनु पर्ने यस प्रदर्शनी अब मंसिर १६ , १७ र १८ मा हुँदैछ । यस कार्यक्रमको पहिलो उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्‍याउनु रहेको बताइएको छ । यसका साथै , यस अवसरले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने आयोजकको भनाइ छ ।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनीय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्युतीय यातायातमा सारेको देखिन्छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ ।

यस प्रदर्शनी विशेष गरि विद्युतीय कार , विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल , विद्युतीय बस , विद्युतीय ट्रयाक्टर , विद्युतीय कार्गो लोडर , रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन , ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिने छ । यस वृहत प्रदर्शनी १ सय ५० भन्दाबढी प्रतिष्ठित कम्पनीहरू तथा ५ सयभन्दा बढी विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ ।

यसका साथै व्यापार तथा वित्तिय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस , नयाँ लगानीकर्तालगायत सबैका लागि यो साझा चौतारी हुनेछ । यस वृहत प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछ । विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरु पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जनाएको छ ।

विद्युतीय यातायातको क्षेत्रमा यस प्रदर्शनीले थप उर्जा प्रदान गर्नेछ । यसका साथै यसले विभिन्न अवसरहरू जुटाउँदै नयाँ विचार तथा सृजनात्मक कार्यलाई हौसला प्रदान गर्नेछ । आयोजकले यस प्रदर्शनीका लागि सहयोग गर्नेे सबै सहयोगी, एजेन्सीहरू, बिक्रेताहरूप्रति कृतज्ञता प्रकट गर्न गरेको छ । प्रेस विज्ञप्तिमा आयोजकले सधै विद्युतीय यातायात तथा गाडीको क्षेत्रलाई सहयोग तथा प्रोत्साहन गर्नका लागि तत्पर रहने पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?