काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तीव्रता दिएका छन् ।
नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताए । उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताए ।
उनले विकासको लागि आफ्नो जित आवश्यक रहेका र मतदाताहरुले पनि यसपटक आफूलाई रुचाएको बताए । कांग्रेस नेता चौधरीले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने वाचा गरेसँगै नवलपरासी–१ का मतदातामा उत्साह देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया