नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

लोकपथ
52
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन भने कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए ।

रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १ सय ५ जनाले रक्तदान गरेका थिए । नेपाल बैंक लिमिटेड यहि २०७९ कार्तिक ३० गते ८६ औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?