एक वर्षमा किरण नालामा पुल बनाउँछौं : उम्मेदवार कुर्मी

लोकपथ
0
Shares

बाँके । बाँके प्रदेश सभा ३ (ख) बाट प्रदेश सभाका उम्मेदवार बनेका बादशाह कुर्मीले खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको किरण नालाको पुल एक वर्षमा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित गौघाटमा सोमवार भएको भेलालाई सम्बोधन गर्दै कुर्मीले किरण नालाको पुल आफू निर्वाचित भए एक वर्षमा पुरा गर्ने बताए ।

उनले भने, ‘पुन निर्माण गर्ने क्रममा केहि गल्ती भएका छन् । वैकल्पिक पुलको व्यवस्था नगरेर पुरानो पुललाई भत्काउँदा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ । त्यसपछि ठेकेदारको लापरवाही पनि खजुराका जनतालाई हिडडुल गर्न निकै अप्ठयारो भएको छ । ठेकेदार भागेको भन्ने हामीले जानकारी पाएका छौं । त्यसलाई ठेक्का तोडेर हुन्छ की, ठेकेदारलाई समातेर ल्याएर हुन्छ कि हामी त्यो हामी बनाउँछौं ।’

विगत पाँच वर्षमा एमालेको तिनै तहको सरकार हुँदा खजुराको विकास हुन नसकेको नेपाली कांग्रेसका उम्मेदवार बादशाहले आरोप लगाए । उनले भने,‘विगतमा यही क्षेत्रबाट एमालेका नेताले प्रदेश र प्रतिनिधि सभा जितेका थिए । तर उनीहरुले घर अगाडिको बाटो र पुलसमेत बनाउन सकेनन् । हामी सरकारमा थिएनौं । त्यसैले केहि काम गर्न सकेनौं तर हामी निर्वाचित भएपछि एक वर्षमा गौघाट–परसपुर सडक र किरण नालाको पुल बनाउनेछौं ।’

उम्मेदवार कुर्मीले जनताको सेवा गर्नको लागि आफूले राजनीति गरेको भन्दै बाँके प्रदेश सभा ३ (ख) को विकासका लागि आफू इमान्दार भएर लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?