‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’

लोकपथ
39
Shares

काठमाडौं । रुसले गत साता डिनिप्रो नदीको पश्चिमी किनारबाट पछि हट्नुअघि मुख्य ऊर्जा पूर्वाधार नष्ट गरेको युक्रेनी राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनेर्गोले जनाएको छ ।

‘खेरसन क्षेत्रको सम्पूर्ण दाहिने किनारा र माइकोलाइभ क्षेत्रको एक महत्वपूर्ण भागमा विद्युत् आपूर्ति प्रदान गर्ने ऊर्जा सुविधा व्यावहारिक रूपमा नष्ट भएको छ,’ युक्रेनेर्गोका प्रमुख भोलोडिमिर कुद्रितस्कीले फेसबुकमा एक पोस्टमा भने ।

उक्त विनाश खेरसोन क्षेत्रको दाहिने किनारबाट भाग्नुअघि कब्जाकर्ताहरूको शक्तिहीन क्रोधको परिणाम भएको उनले बताएका छन् । ‘अधिकांश मुक्त खेरसन क्षेत्र नोभेम्बर ६ देखि बिजुलीविहीन भएको उ कुद्रितस्कीले भने ।’

‘हामी जनतालाई जतिसक्दो चाँडो बिजुली आपूर्ति गर्न सक्दो प्रयास गरिरहेका छौँ’, उनले थपे । युक्रेन युद्धमा रुसी सेनाले ठूलो क्षति बेहोरोको विश्लेषण हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?