१३ मङ्सिर २०८०, बुधबार

लैखम गाउँ, जहाँ देउसी भैलो खेल्न पाइँदैन

२०७४,कार्तिक,२,बिहीवार ०७:३६

9
Shares

जाजरकोट, २ कात्तिक ।जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो ।लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनाँै समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षांैदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए ।महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ । भैलो मार्दा बेहुला, बेहुली बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्न जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शक पुग्ने गर्दछन् ।लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलित बस्ती बस्न सकेको छैन ।दलितले यो गाउँमा बस्ने बित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ । गाउँमा रमाइलोका लागि नभई देवतालाई खुशी बनाउन महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ ।यो पर्व मनाउन छाडेमा महादेवले हानि गर्ने भएकाले आफूहरु यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२,बिहीवार ०७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८