ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किदा एकको मृत्यु

लोकपथ
0
Shares

भक्तपुर । भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन् ।

उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?