२० माघ २०७९, शुक्रवार

सडक आश्रित मानवहरुको व्यवस्थापनका लागि योजना बैठक

२०७९,कार्तिक,२८,सोमवार २०:३२

162
Shares

काठमाडौं । मानवसेवा आश्रम र काठमाडौं महानगरपालिकाबीच उपत्यकामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि योजना तथा समिक्षा बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा भएको बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै मानवस्वा आश्रमद्धारा सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।

मानवसेवा आश्रम विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको सामाजिक संस्था हो । यस संस्थाले नागरिकहरुको मुठ्ठीदानको सहयोगमा असहाय तथा बेसहाराहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।

पछिल्लो समयमा तीनै तहका सरकारले हातेमालो गर्न सुरु गरेकाले उनीहरुको व्यवस्थापनमा केही सहज भए पनि अझै धेरै अपुग रहेको आश्रमले जनाएको छ । काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमबीच वि.सं.२०७४ मंसिर १ गतेदेखि औपचारिक सम्झौता भई सडक आश्रित मानवहरुको उद्धार हुँदै आइरहेको छ ।

उक्त समययता काठमाडौं महानगरपालिकाभित्र रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि विभिन्न चरणमा सम्झौता एवं सडकआश्रित मानवहरुको उद्धार भइरहेको हो ।

सोमबार सम्पन्न बैठकमा मानवसेवा आश्रमको क्षमता अभिवृद्धिका साथै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताए । बैठकमा उनले सडक आश्रित मानवको दीर्घकालिन व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर जिज्ञासा र परामर्श गरेका थिए ।

उनले भने, ‘सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य गर्न तयार छौँ ।’ बैठकमा काठमाडौं महानगरपालिकाको आर्थिक श्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माणका सन्दर्भमा गम्भिर छलफल भएको थियो ।

उक्त आश्रम निर्माणका लागि काठमाडौं महानगरपालिकाले श्रोत उपलब्ध गाउने तथा नागार्जुन नगरपालिकाले वडा नम्बर ६, सेतो गुम्बासँगै जोडिएको बागेश्वरी मन्दिर परिसरको कित्ता नंम्बर ८२ र १८९ को करिब १८ रोपनी जग्गा उपलब्ध गराउने गरी सम्झौता समेत भइसकेको छ ।

बैठकमा नागार्जुन नगरपालिका–६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,२८,सोमवार २०:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२