काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।
सोमबार तनहुँमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।
तनहँु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पौडेललाई तनहुँले जिताएर पठाए प्रधानमन्त्री बन्न सक्ने र त्यो अवसर नगुमाउन आग्रह गरे ।
‘रामचन्द्र जीलाई जिताएमा तनहुँले प्रधानमन्त्री पाउने अवसर पाएको छ,’ प्रचण्डले भने, ‘तनहुँले यो अवसर गुमाउनु हुँदैन ।’
आगामी निर्वाचनपछि आफैँ प्रधानमन्त्री बन्ने दाउमा रहेका प्रचण्डले विभिन्न कार्यक्रमहरुमा आफैँ प्रधानमन्त्री उद्घोष गरिसकेका छन् । गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा होमिएका उनले गोरखाका विभिन्न स्थानमा पुगेर आफूलाई निर्वाचित गराएमा प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् ।
यता गठबन्धनको शीर्ष नेताहरुको चुनावी अभियानमा पुग्दा प्रचण्डले अन्य नेताहरुलाई समेत प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताउँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया