गठबन्धन फराकिलो बहुमतले विजयी हुन्छ : प्रकाशशरण महत

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए ।

उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?