डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

लोकपथ
77
Shares

काठमाडौं । डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

सोमबार सर्वोच्चले यसअघिको आदेशलाई निरन्तरता दिँदै उनको उम्मेदवारी कायम राख्ने आदेश दिएको हो ।

ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि सुनुवाई गर्दै सर्वोंच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्य कार्कीले आफूले बैठक भत्ता बुझ्ने गरेको भन्दै आयोगमा त्यसबारे छानबिन गर्न निवेदन दिएकी थिइन् । तर आयोगले उक्त निवेदनको वास्ता नगरी आफ्नो उम्मेवारी खारेज गरेको आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?