नेपाल बैंकका कर्मचारीहरु बीचको व्याडमिन्टन प्रतियोगिता सम्पन्न

लोकपथ
26
Shares

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड कार्तिक ३० गते ८६ औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता कार्तिक २५ र २६ गते आयोजना भएको थियो ।

प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डबलतर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो ।

यस्तै, दोस्रो स्थानमा पुरुष सिंगलतर्फ ध्रुब दाहाल र महिला सिंगलतर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डबलतर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह थियो । कार्यक्रमको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?