काठमाडौं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएको उत्पादक कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ पुस्ताका हार्डवेयरका कारण अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको र विश्वभरका अफ–रोड प्रेमीहरु यस संस्करण प्रतिनिकै उत्साहित रहेका बताइएको छ ।
अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भि६ पेट्रोल ईन्जिन जडान रहने कम्पनीले बताएको छ । यसले ५६५० आरपीएममा ३९७पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसन युक्त नेक्स्ट–जेन रेन्जर र्यापटरको नयाँ ईन्जिनले सहजैरुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।
नेक्स्ट–जेन रेन्जर र्यापटरमा चालकले ईलेक्ट्रोनिकरुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नोर्यापटरको आवाज चार एक्जस्ट मोडमध्ये चयन गर्न सक्छ–क्वाईट, नर्मल, स्पोर्ट र बाजा । वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्गपावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जरर्यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीचपनि पावर प्रदान गर्दछ ।
यस गाडीको लागिफोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड ईन्जिनियरिङ्ग र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युनगर्ने, भल्भहरु ट्युनगर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर र्यापटरको ड्राईभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षितबनाउन मद्दत गरेको छ । नेक्स्ट जेन रेन्जर र्यापटरमा रहेको छ जुन रेन्जर र्यापटरमा अहिलेसम्म कै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राईभमा सेन्सरहरुको सहयोगले प्रति सेकेण्ड ५०० पटकसम्म ड्याम्पिङ्ग एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउने उत्पादक कम्पनीले विश्वास लिएको बताएको छ ।
नयाँ नेक्स्ट–जेन रेन्जर र्यापटरमा सात ड्राईभ मोडहरु छन् अन–रोडको लागिनर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा । नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुको लागिध्यानमा राखी डिजाईन गरिएको छ । इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोडओरेन्ज’ एक्सेन्टलाई र्यापटरको एम्बियन्ट लाईटिङले बृद्वि गरिएको छ । एफ २२र्यापटर जेट फाइटरका सीटहरुबाट प्रेरित भएर अगाडी र पछाडीका सीटहरुले यात्रुहरुलाई सडकमा वाअफ–रोडमा आरामदायी सवारीको अनुभुति दिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया