आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

लोकपथ
78
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गगतको मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको संभावना पनि रहेको विज्ञप्तिमा उल्लेख छ । सोमबार राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?